कम्युटर स्रोत सङ्केत चोरी गर्ने पक्राउ

  जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : नेपाल प्रहरीले कम्युटर स्रोत सङ्केत चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पु¥याइ बौद्धिक सम्पत्तिमा आघात पु¥याई आर्थिक लाभ लिने तनहुँ भीमाद नगरपालिका वडा नं १ किहुँ घर भई ललितपुरको सानेपा बस्ने ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले ललितपुरको सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याइ आर्थिक लाभ लिने सिग्देललाई पक्राउ गरिएको जानकारी दिनुभयो । सिग्देलले विभिन्न स्थानीय तहको सफ्टवेयरको बौद्धिक सम्पत्ति चोरी गरेको प्रहरीले जनाएको छ । सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय