गोदावरीधाममा कैवल्यनाथ मन्दिरमा प्राण प्रतिष्ठा

  जेठ २६, २०७९

गोदावरी, जेठ २६ : कैलालीको गोदावरीधाममा नवनिर्मित कैवल्यनाथ मन्दिर (मोक्षद्वार)को आज शुभारम्भ गरिएको छ । मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिङ्गको एक विशेष समारोहकाबीच १००८ स्वामी लोकानन्द माहाराजजीले प्राण प्रतिष्ठा गर्नुभयो ।

सो मन्दिरको पुरानो कलात्मक शैलीमा निर्माण गरिएको छ । सङ्घीय सरकारको सहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो । झण्डै रु डेढ करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरीधाम विकास समितिले जनाएको छ ।

मन्दिर परिसरमा १००८ शिवलिङ्गहरू स्थानीयवासीले आफ्ना दिवंगत पित्रृहरूको नाममा स्थापना गरेका छन् । मन्दिरमा पुगेर आज सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पूजाआजा गर्नुभएको छ । पशुपतिनाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण गरिएको गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।

मन्दिर निर्माण भएसँगै गोदावरीधाम क्षेत्रमा धार्मिक पर्यटन बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गोदावरीधाम विकास समितिले गोदावरीमा कुम्भमेला अर्धकुम्भ मेला आयोजना गर्दै आएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय