जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

  असार २४, २०७९

टोकिया, असार २४ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो ।

सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उहाँ अहिले बेहोस अवस्थामा रहनुभएको पनि यहाँका मिडियाले जनाएका छन् ।

नाराको स्थानीय प्रहरीले उहाँलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय