सडक दुर्घटनामा नौको मृत्यु

  असार २४, २०७९

अबुजा, असार २४ : यहाँको उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ । बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।

कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’ का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीब्र गति, गलत ओभरटेक गर्ने र नियन्त्रण गुमाउनुका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन् । घाइतेहरुलाई नजिकैको अस्पताल मा लगिएको पनि मोहम्मदले बताएका छन् ।

उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्दछ । बिहीबारको दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय