बाजुराको बूढीगङ्गामा एमाले विजयी

  असार २६, २०७९

बाजुरा, असार २६ : बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो ।

बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । कांग्रे सले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।

एमालेले १, २, ३, ५, ६, ९ र १० वडामा जितेको छ भने कांग्रेसले ४, ७ र ८ मा जितेको छ । विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६.८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन  अधिकारी नवराज अवस्थीले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय