दक्षिण कोरियामा १२ हजार ६ सय ९३ नयाँ कोभिड सङ्क्रमित

  असार २७, २०७९

सियोल ‘दक्षिण कोरियो, असार २७ : दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ । थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ। सङ्क्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय