लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

  असार २९, २०७९

रिगा, असार २९ : लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन् ।

उहाँले आफू सङ्क्रमित भएको कुरा सामाजिक सञ्जालहरुबाट पनि जानकारी दिनु भएको छ भने आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको स्पष्ट पार्नु भएको छ ।

उहाँका चिकित्सकहरूले एकान्तवासबाट काम गर्न सक्ने सुझाव दिएपछि उहाँले एकान्तवासबाट काम गरिरहनु भएको छ । उहाँले आगामी एक हप्ता घरबाटै काम गर्ने जनाइएको छ ।

उहाँले आम नागरिकलाई पनि स्वास्थ्य सतर्कता अपनाउन र मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ । लाट्भियामा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

रोग न्यूनिकरण तथा नियन्त्रण केन्द्रले बुधबार दिएको जानकारी अनुसार लाट्भियामा पछिल्लो एक दिनमा ९०८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सो विवरणमा कोरोना भाइरसबाट भने कसैको पनि मृत्यु भएको विवरण प्राप्त नभएको उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय