जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

  असार ३२, २०७९

जाकार्ता, असार ३२ : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेशिया सरकारले ‘आपराधिक सशस्त्र समूह ९केकेबी० ले जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो ।

आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई करिब २० जनाको सशस्त्र हतियारधारी जत्थाले गोली हानी केही व्यक्तिको हत्या गरेको हो भने अन्य दुई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय