‘छेलिएको अनुहार’ सार्वजनिक

  साउन ०१, २०७९

बागमती, साउन १ : वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, सन्तोषी वनकारिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र वरिष्ठ साहित्यकार तुलसी थापाले संयुक्तरूपमा शनिबार सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

विसं २०४९ फागुन १३ गतेबाट कान्तिपुर दैनिकमा आबद्ध हुनुभएका पत्रकार विष्टले विसं २०५० मा मकवानपुर जिल्लाका अल्पसङ्ख्यक चेपाङ समुदायका विषयमा लेख्न सुरु गर्नुभएको थियो । विसं २०५२ मा वनमै रहेका वनकारिया समुदायको समाचार लेख्नुभएका विष्टलाई चेपाङ र वनकारिया पत्रकारका रूपमा उपमासमेत दिने गरिएको थियो । सोही विषयलाई समेटेर सो पुस्तक लेखिएको बताइएको छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेख निखिलको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा डा तारालाल श्रेष्ठ, चितवनका प्राध्यापक एवं साहित्यकार भूपिन, मकवानपुरका साहित्यकार तुलसी थापा र पत्रकार एवं लेखक चन्द्रकिशोर झाले विमोचित पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय