पुल क्रान्तिका नायक

  कार्तिक ०७, २०७९


गोकर्ण पौडेल
दाङ जिल्लामै कुनै समय पुल हेर्नका लागि देउखुरी उपत्यकामै जानुपथ्र्यो ।राप्ती नदीको पुल वा अर्जुन खोलाको पुलबाहेक जिल्लामा खन्य ठाउँमा पुल थिएनन् । दाङ उपत्यकाको परिचय नै बदल्ने चेष्टा यदि नेतृत्वले चाहेपछि छोटो समयमा हुन्छ भन्ने दृष्टान्त देखियो । कुनै समय खोला मुनिका पुल अर्थात् खोलामा भएका कचवे विस्तारै हट्दै छन् । आज उपत्यकामा रहेका बबईदेखि टुवाङ खोलासम्म सम्भवत् पुल नभएका खोला छैनन् होला ।
कुनै कुनै सडकमार्गमा पुल बनेका छन् । बबई नदीमा मात्रै आधा दर्जन बढी पुल निर्माण भइसकेका छन् भने केही पुलहरु निर्माणका चरणमा छन् ।खोलामा पुलनभएकै कारण एउटा बिरामीले बाटोमै ज्यान गुमाउनुपथ्र्यो ।खोलाको बहाव नघट्दासम्म यात्रुले सास्ती भोग्नुपर्ने अवस्था थियो । आज त्यो समय बदलिएको छ । ग्वार खोलामा मात्रै तीन वटा पुल बनेका छन् । गाउँ र शहर जोडिएको छ । गाउँमा फलेका तरकारी, पाकेका फलफूल, दुधदही तत्कालै बजारसंग सीधा सम्पर्कले बिक्री वितरणमा सहज तुल्याएको छ । त्यति मात्रै होइन सुविधा सम्पन्न शिक्षण संस्थामा पढाउन चाहने र पढ्न चाहनेहरुका लागि सहज भएको छ । शहरका विद्यालयका गाडीहरु सजिलै गाउँमै पुगेर विद्यार्थीहरुका लागि यातायात सुविधा दिन थालेका छन् । यो परिवर्तनको पछाडि पक्कै एक कुशल नेतृत्वको हात छ नै । दाङले केन्द्रमै पहुँच राख्न सक्ने नेतृत्व जन्माएको छ । कुशल भिजन दृष्टिका प्रखर नेतृत्व नेकपा एमालेका महासचिव शंकर पोख्रेलमात्रै यही भूमिले जन्माएको नेतृत्व हो । त्यो नेतृत्वलाई फेरि एक पटक ठाउँमा पु¥याउने अवसर आएको छ ।
हिजो खोलामा पुल नहुँदा हामीले सास्ती भोग्यौ अब बिस्तारै यी सास्ती हट्दै गएका छन् । घोराही तुलसीपुर सडकखण्डको सेवार खोला र हापुर खोलामा मात्रै पुल निर्माण भएका छैनन् । अन्यत्र पुल निर्माण भइसकेका छन् । दामोदरमार्गअन्तर्गतको सडकखण्डमा त चार लेन सडककै लागि पुल बनेको छ । कतिपय खोलामा निर्माण कम्पनीको वेवारिसे अवस्थाका कारण समयमै निर्माण हुन सकिरहेका छैनन् । सेवार र हापुर खोलामा समेत माथिल्लो सडकखण्डमा पुल बनिसकेका छन् । वर्षायामका क्रममा भाइरलबाटो हुँदै यात्रा गर्नका लागि यात्रुहरुलाई निकै सहज भएको छ । आज छोटो समय अवधिमा दर्जनौ पुल बनेका छन् । अझै निर्माणकै चरणमा छन् । घोराही तुलसीपुरको हापुर र सेवार खोलामा समेत पुल निर्माणको प्रक्रियामा रहेका छन् । अब यी स्थानमा समेत छोटो समयमै पुल बन्नेछन् । जिल्लाको परिचय पुल मुनिको खोलाबाट पुलै पुलको जिल्लाकारुपमा परिभाषित हुनेछ । ग्वार खोलामा मात्रै हेर्ने हो भने पाँच वर्षकै अवधिमा तीन वटा पुल बनेका छन् एउटा पुल बन्दै छ भने घोराही हापुर रक्षाचौर सडकखण्डको कुटेचौरदेखि बनहरीमा समेत पुलका लागि सर्भे भएको छ । अन्यत्रको खोलामा समेत पुल बन्दै छन् ।
जिल्लामा पुल धमाधम बन्दै छन् । पुलले यात्राको दुरी छोट्याएको मात्रै छैन किसान,विद्यार्थीहरुका लागि यात्रा सहज बन्दै छ । यो नेतृत्वकै कारण सम्भव भएको हो । जुन नेतृत्वको दुरदर्शीताकै कारण हो । लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलकै सम्भव भएको छ । सफेद झुट बोल्ने नेतृत्वबाट सम्भव भएको हैन । केही नेतृत्व झुटको खेती गर्नका लागि तयार छन् ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय