नमुना मतदान सम्पन्न

  कार्तिक १६, २०७९

तुलसीपुर कात्तिक १६
निर्वाचन कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नमुना मतदान कार्यक्रम माध्यमिक विद्यालय सेन्टर तुलसीपुरमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा मतदान बदर बढी भएपछि मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल नुमना मतदान कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा कर्मचारी,शिक्षक,सञ्चारकर्मी,विद्यार्थीहरुले मतदान गरेका थिए । नमुना मतदान कार्यक्रममा मतदान गरेपछि मतपेटिकामा राख्न,मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर ,संघ,प्रदेशको प्रत्यक्ष र समानुपातिकको अलग अलग मतपेटिका राखिएको थियो । निर्वाचन आयोगले प्रत्येक स्थानीय तहलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि कार्यविधि पठाएरै परिपत्र गरेको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि कार्यविधि पठाएपनि बजेट नपठाउँदा कार्यान्वयनमा समस्या सिर्जना भएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । पालिकाकै बजेटमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आयोगले कार्यविधि पठाएको । प्रत्येक वडामा एक एकजना एसएलसी वा एस इइ उत्तीर्ण भएका महिला स्वयमसेविका माफ्त मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय