बसन्त परियार
तुलसीपुर, पुस २६
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नेपालमा उत्पादन भएका प्राविधिक जनशक्तिलाई स्वदेशमै खपत गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समयमा नेपालका सामुदायिक विद्यालयले प्राविधिक जनशक्ति गाउँघरमै उत्पादन गर्न थालेकाले ती जनशक्तिलाई तीन वटै तहका सरकारले व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने खड्काले बताउनुभयो ्
तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन गर्दै नगरप्रमुख खड्काले सामुदायिक विद्यालयले नतिजा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि तल्ला कक्षाबाटै सुधार गर्दै लैजाने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । नगरप्रमुख प्रमुख खड्काले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
विशिष्ठि अतिथि सामाजिक विकास समितिका संयोजक रावतले विद्यालयलाई उत्कृष्ट बनाउन राजनीतिकदल संगै अभिभावक पनि सचेत भई अघि बढ्नुपर्ने बताउनुभएको हो ।
विद्यालयका माध्यमिक तह संयोजक यज्ञ बहादुर अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षामहाशाखा तुलसीपुरका प्रमुख चक्रबहादुर भण्डारी, कांग्रेसका वडा ईकाइ सभापति हेमबहादुर वली,एमालेका वडा कमिटि सचिव सोमिलाल चौधरी,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,जग्गादाताको तर्फबाट केदारप्रसाद आचार्य,वि.ब्य.स.सदस्य होताराम बस्नेत लगायतले बोल्नुभएको थियो । प्रधानाध्यापक पदमबहादुर वलीको विषय प्रबेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमावि तह संयोजक शिक्षक निर्मलकुमार वलीले गर्नुभएको थियो ।
अध्यक्षमा बस्नेत
यसैविच अभिभावक भेलाले सर्वसम्मत रुपमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ । होताराम बस्नेतको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । े सदस्यहरुमा चुर्ण बहादुर रावत,पदमा केसी, अर्जुन बस्नेत र गिता चौधरी रहनुभएको छ । यस्तै निरा चौधरीको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।।