तुलसीपुर चैत ३०
तुलसीपुर उपमहानगरपालिकाको ३१ औ स्थापना दिवसका अवसरमा प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । पाँच करोड ३४ लाखमा निर्मित प्रशासनिक भवन तीन तले रहेको छ । २०५४ सालमा नगरपालिका हुँदा तत्कालीन नगरप्रमुख ढुण्डीराज लामिछाने नेतृत्वमा रहदाँ पुरानो प्रशासनिक भवनको निर्माण गरिएको छ । २०७३ सालमा नगरपालिकाबाट उपमहानगरपालिका हुँदा साविक बिजौरी,मानपुर,फुलबारी,डुरुवा र पवननगर गाविस गाभिएका थिए । उपमहानगर भएपश्चात् पुरानो भवनबाट प्रशासनिक कार्य सञ्चालनमा कठिनाई भएको थियो । पूर्वाधारको अभावमा कृषि,पशु र स्वास्थ्य शाखा भाडामा सञ्चालन हुँदै आएका छन् । नयाँ प्रशासनिक भएन उद्घाटन भएसंगै अब भने नगरवासीले एकै क्षेत्रबाट सेवा प्राप्त गर्ने सक्ने बताइएको छ ।
तुलसीपुर नगरपालिकाको २०४८ चैत ३० गते स्थापना गरिएको थियो । भवनको निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले शिलन्यास गर्नुभएको हो । उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा करदाता,निर्माण व्यवसायीका साथै कर्मचारी,निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । पूर्व नगरप्रमुख शंकर आचार्य,ढुण्डिराज लामिछाने,घनश्याम पाण्डे, माया आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै पूर्व प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु,हरिप्रसाद पाण्डेयलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोडिभ संक्रमणको समयमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य जनप्रवर्धन शाखालाई सम्मान गरिएको थियो । त्यस्तै योजना शाखाका प्रमुख टेकबहादुर खड्का, वडा नम्बर २का सचिव प्रशासन वली, इन्जिनियर श्रीनारायण चौधरी, यान्त्रिक शाखाका केशव डाँगी, उरहरी स्वास्थ्य चौकीका अनमि यसोदा वली, तोप्पापानी स्वास्थ्य चौकी अनमि बर्थिङ सेन्टरमा उत्कृष्ट कार्य गर्ने धनिकुमारी केसी, कार्यालय सहयोगी लोकबहादुर वली, सरसफाईकर्मी कविराज चौधरी,सवारी चालक धनिराम चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै कोरोना संक्रमणका समयमा उत्कृष्ट सेवा गरेबापत् डाक्टर प्रकाश साहु र डाक्टर ज्ञानेन्द्र पाण्डेलाई सम्मान गरिएको थियो । उत्कृष्ट करदाताकारुपमा चिनारी अस्पतालका राजेन्द्र प्रसाद श्रेष्ठ,उत्कृष्ट व्यवसायीकारुपमा शारदा निर्माण सेवाका गेहेन्द्र्र गिरीलाई सम्मान गरिएको हो ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व नगरप्रमुखहरु ढुण्डिराज लामिछाने,घनश्याम पाण्डे,नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेपाली कांग्रेसका मुक्तिप्रसाद न्यौपाने , माओवादी केन्द्रका शेषुराम भण्डारी, राप्रपाका मधुकर न्यौपाने,स्वतन्त्र पार्टीका जिल्ला संयोजक भक्त डाँगी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, चेम्बर अफ तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती,महिला नेतृ सुष्मा लामिछानेलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन झरेन्द्र खरेलले गर्नुभएको हो ।