स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

  भदौ २६, २०८०


तुलसीपुर भदौ २६
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सुरु भएको छ । कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल,प्रादेशिक आयुर्वेद चिकित्सालय, राप्ती आँखा अस्पताल, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संस्था, राप्ती लाइफ केयर,तुलसी अस्पतालले एक वर्षको अवधिमा गरेका क्रियाकलापका विषयमा समीक्षा भइरहेको छ ।

नगरप्रमुख टीकाराम खड्काको अध्यक्षता एवम जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि शर्माले पालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको बताउनुभयो । प्रमुख अतिथि शर्माले मेट्रो अस्पताल, स्मार्ट छोरी, सुत्केरीलाई पोषणजस्ता स्वास्थ्य क्षेत्रमा अन्य पालिकाका लागिसमेत सिकाईको कार्य गरेको बताउनुभयो । उहाँले कोडिभजस्तो महामारीका समयमा समेत पालिकाकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको बताउनुभयो । स्वास्थ्य शाखाका प्रमुख ओमपि न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विमल केसीले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय