जर्मनी र इङ्ल्यान्डको बराबरी

  जेठ २५, २०७९

काठमाडौं, जेठ २५ : जर्मनी र इङ्ल्यान्डले युइएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेका छन् । मंगलबार राति भएको लिग ‘ए’ समूह ३ को खेलमा जर्मनी र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका हुन् ।

जर्मनीले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । जर्मनीका लागि ५०औं मिनेटमा जोना होपमानले ५०औं मिनेटमा गोल गर्नुभयो । जर्मनीको गोलपछि जोसिएको इङ्ल्यान्डका लागि ह्यारी केनले ८८औं मिनेटमा बराबरी गोल गर्नुभयो । केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डका लागि ब्यक्तिगत ५०औं गोल पनि पूरा गर्नुभयो ।

यसै समूहको अर्को खेलमा इटालीले हंगेरीलाई २–१ गोलले हरायो । इटालीको यो पहिलो जित हो । इटालीको जितमा निकोला बारेल्लाले ३०औं र लोरेन्जो पेगेग्रिनीले ४५औं मिनेटमा गोल गर्नुभयो । हंगेरीले ६१औं मिनोटमा इटालीकै जियानलुका मान्चिनीको आत्मघाती गोल सहयोग पाएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय