मलामी बोकेको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

  असार २४, २०७९

सङ्खुवासभा, असार २४ : खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोला गइरहेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनाका घाइतेलाई तुम्लिङटारस्थित कामना अस्पताल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय