गाली गर्ने मेरा प्रशंसक हुन : घनश्याम पाण्डे

  असोज २६, २०७९

तुलसीपुर, २६ असोज । प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफुलाई गाली गर्नेहरु निकै नजिक र प्रशंसनिय मित्रहरु भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनुभएको हो । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार पाण्डेले सामाजिक संजालमा जनताले गरेको आलोचनालाई नकारात्मक वा गालीका रुपमा मात्र हेर्न नहुँने भन्दै त्यो सुधारका लागि पनि महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

कुनै पनि व्यक्तिले आफुले गरेको गल्ति आफै नदेख्ने र बाहिरको मान्छेले औंल्याइदिदा आफुभित्र भएका कमीकम्जोरीलाई सुधार गर्न मद्त मिल्ने पाण्डेले बताउनुभयो । ‘सबैले राम्रैराम्रो भन्दा बिग्रिन पनि सक्छ । त्यसको लागि खबरदारी पनि आवश्यक छ । त्यो भनेको आलोचना हो । टिप्पणी हो । नजिक भएकाले भेटेर यो भएन त्यो भएन भनेर गुनासो गर्नुहुन्छ । टाढा भएकाले समाजिक संजाल मार्फत आफ्नो गुनासो पोख्नुहुन्छ र आफुलाई हलुंगो महसुस गराउनुहुन्छ ।

त्यसो गर्दा मैले गल्ति गरेको रहेछु भने आगामी दिनमा आफुलाई सुधार गरेर लैजान्छु । त्यो मेरा लागी ठूलो मौका हो र मेरा लागि इमपावर पनि हो । त्यसकारण उहाँहरु मेरा प्रशंसक व्यक्ति हो ।’ पाण्डेले भन्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय