रेग्मीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना

  माघ १०, २०७९

तुलसीपुर माघ १०
पत्रकार तथा नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मीले बुवा आमाको नाममा अक्षय कोष स्थापना गर्नुहुने भएको छ । रेग्मीले तुलसीपुर ६मा रहेको सेन्टर माध्यमिक विद्यालयमा एक लाख पाँच हजार पाँच सय पाँच रुपियाको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
विद्यालयको ५२ औँ वार्षिकोत्सव समारोहका अवसरमा रेग्मीले बुवा कविराम रेग्मी र आमा गोकुलकुमारी आचार्य रेग्मीको नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । अक्षयकोषबाट विद्यालयमा अध्ययरत गरिब जेहेन्दार विद्यार्थीहरुलाई प्रत्येक वर्ष पुरस्कृत गरिने रेग्मीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक भागवत पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले अक्षय कोष स्थापना गर्ने कार्यका लागि रेग्मी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय