नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्त

  पुष ३०, २०७९

नगरप्रमुखद्वारा माघीका अवसरमा शुभकामना व्यक्त
तुलसीपुर माघ १
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मकर संक्रान्ति माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख खड्काले थारु समुदायले नयाँ वर्षकारुपमा मनाउने माघीका अवसरमा समुदायको सभ्यता,संस्कृति परम्पराको विकासमा टेवा पुग्ने बताउनुभएको छ । उहाँले तुलसीपुर उपमहानगरपालिका थारु,मगर समुदायको बाहुल्यता रहेकाले दुवै जातिको सांस्कृतिक सभ्यता जोगाउनका लागि पर्वको विशेष भूमिका रहने बताउनुभएको छ ।
उहाँले नेपाल बहुजातीय,बहुँसांस्कृतिक,बहुधार्मिक मुलुक भएकाले पर्वमा मनाइने संस्कार,सभ्यता,परम्पराले सबै धर्म,जाति,समुदायको विकासमा सहयोग पुगाउने बताउनुभएको छ । नगरप्रमुख खड्काले माघी पर्व खाना,परिकारको पर्व भएकाले यस पर्वमा खाइने परिकार स्वास्थ्यका दृष्टिकोणले समेत महत्वपूर्ण भएकाले पर्व विशेषका साथै यस ऋतुभर यस्ता खानामा जोड दिनुपर्ने बताउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय