हिमदेवा साहसिक स्मृति पत्रकारिता अक्षय कोष वृद्धि

  माघ ०७, २०७९


तुलसीपुर माघ ७
प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य एवम नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य सरिता सुवेदीले प्रेस चौतारी दाङमा स्थापना गर्नुभएको पुरस्कार राशीमा रकम थप गर्नुभएको छ । सुवेदीले हजुरबुवा आमाको नाममा २०६६ सालमा १५ हजार राशीको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
सुवेदीले शनिबार थप ३५ हजार थप गरेर अक्षयकोष ५० हजार पु¥याउनुभएको छ । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनमाफ्त जिल्ला अध्यक्ष इन्द्र विवश डिसी र कोषाध्यक्ष गोकर्ण पौडेललाई उक्त अक्षयकोषमा रकम थप गर्नका लागि ३५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । शाखा सचिव किरण गौतमले प्रेस चौतारीमा स्थापना गरिएको अक्षय कोष वृद्धि गर्नुभएकोमा चौतारीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य सरिता सुवेदीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय