यात्रा प्रेतात्मासँग’ सार्वजनिक

  असार २५, २०७९

काठमाडौँ, असार २५ : लेखक रत्नकुमार श्रेष्ठद्वारा लिखित ‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक गरिएको छ । सामयिक व्यवस्थापन सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘यात्रा प्रेतात्मासँग’को लोकार्पण गर्नुभयो ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको सो पुस्तकमा लेखक आफैँले आफ्नो जीवनमा प्रत्यक्ष सामना गरेका घटनालाई समावेश गर्नुभएको छ । लेखक श्रेष्ठले भन्नुभयो, “यस पुस्तकमा बाबुबाजेहरुले आत्मा, पे्रतात्मा, परमात्माको विषयमा भनेका र म आफैँले प्रत्येक सामना गरेका घटनालाई शब्दमा उतारिएको हो ।”

पुस्तकमा ‘दैवी घटनाः सम्झनाको तरेलीबाट’, ‘शरीर र आत्माको प्रभाव’ र ‘बाल्य वस्थामा अन्तर्मनको सोच ः आत्मादेखि परमात्मासम्म’ लगायत २० घटनालाई समावेश गरिएको छ । लेखक विमल भौकाजीले सम्पादन गर्नुभएको सो पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय