फिल्म ‘द घोस्ट’ को टिजर सार्वजनिक

  असार २७, २०७९

काठमाडौं, असार २६ : साउथका सुपरस्टार अक्किनेनी नागार्जुनको आगामी एक्सन फिल्म ‘द घोस्ट’ को टिजर सार्वजनिक भएको छ । नागार्जुन आफैंले पनि तेलुगु फिल्मको यो टिजर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, “तपाइँलाई भूतको एक्शन-प्याक झलक प्रस्तुत गर्न धेरै उत्साहित छु । ‘द घोस्ट’ अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुने भएकाे छ ।

फिल्मको ४९ सेकेण्ड लामो टिजरमा ६२ वर्षीय नागार्जुनको खतरनाक एक्सन अवतार देख्न सकिन्छ । चलचित्रलाई प्रवीण सत्तारुले निर्देशन गर्नुभएको हो ।

 

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय