संस्कृति संरक्षणमा सहयोग गर्न आग्रह

  कार्तिक १६, २०७९

तुलसीपुर कात्तिक १६
राष्ट्रिय अपाङ्गता तथा सपाङ्गता सांस्कृतिक प्रतिष्ठान नेपालले नेपालको कला संस्कृति संरक्षणमा सहयोग गर्नका लागि आग्रह गरेको छ । नगरप्रमुख टीकारामा खड्कासंग प्रतिष्ठानका अध्यक्षसहितको टोलीले संरक्षणमा आर्थिक एवम नैतिक सहयोग गर्नका लागि आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष आकाश विरही कान्छाले नेपालका सात सय ५३ वटै पालिकाका कला ,संस्कृति संरक्षणका लागि अपाङ्गता तथा सपाङ्गता भएका व्यक्तिहबाट कलाको प्रवर्धनात्मक कार्यक्रम गरिने बताउनुभयो । उहाँले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका कलाको राष्ट्रियस्तरमा पहिचान गरेर प्रचार प्रचार गर्ने र कलाको उचित सम्मान गरिने बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले समाजमा अपाङ्गता भएका व्यक्तिहरुको कला संरक्षणमा सहयोग साथ सदैव रहने बताउनुभयो । उहाँले कला संरक्षण,प्रचार प्रसार र सम्मानका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय