सकारात्मक चिन्तनका लागि जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण
तुलसीपुर चैत २

  March 16, 2023

तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सकारात्मक सोचको विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जनप्रतिनिधि र कर्मचारीहरुमा सकारात्मक सोचको विकास गराई सेवाग्राहीमैत्री व्यवहार प्रेरित गर्नका लागि प्रशिक्षण दिइएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चिन्तानाथ योगीले सकारात्मक सोचको विकासका बारेमा प्रशिक्षण दिनुभएको थियो । नकारात्मक सोचको अन्त्य गरी नम्रभाव,सबैप्रति प्रेमभाव दर्शाउनका लागि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि टीकाराम खड्काले जनप्रतिनिधिप्रति सबैको आशा र भरोषा बताउनुभयो । उहाँले मानसिकरुपमा दबाब सिर्जना हुने भएकाले सकारात्मक सोचको विकास हुनुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण जनप्रतिनिधिहरुलाई सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रशासन शाखाका प्रमुख विष्णु आचार्यले गर्नुभएको थियो ।

Comments