‘मलाई माया’ म्युजिक भिडियो सार्वजनिक

  असार ३१, २०७९

काठमाडौँ, असार ३१ : चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ । गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका कलाकार अर्जुन थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

बुद्ध थापा छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गर्नुभएको हो । सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । माया प्रेमसँग सम्बन्धित म्युजिक भिडियो ‘कलापुञ्ज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय