‘गुरु तिमी हाम्रा मार्गदर्शक’ गीत सार्वजनिक

  असार २९, २०७९

काठमाडौँ, असार २९ : अँध्यारोबाट उज्यालोतर्फ डो¥याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक।।।’ सार्वजनिक भएको छ ।

गुरुपूर्णिमाका अवसरमा आज आदर्श जनप्रेमी स्कुलले उक्त गीत सार्वजनिक गरेको हो । गीतमा सञ्जय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भूपेन्द्र रायमाझीको सङ्गीत र विक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ ।

आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुको सम्मानमा गीत निर्माण गरिएको र गीत सन्देशमूलक भएको बताउनुभयो ।

गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणालीतर्फउन्मुख हुन पनि उत्प्रेरित गरेको उहाँको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय