विनय पुष्पा दम्पत्तिले बनाए संस्कार मण्डप

  असोज ३१, २०७९

तुलसीपुर असोज ३१
दिवंगत पितृहरुको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरिएको छ । यस्तै यहाँका एक दम्पत्तिले पितृहरुको सम्झनामा संस्कार मण्डप निर्माण गर्नुभएको छ । दिवंगत हुनुभएका बुवा प्राध्यापक रामेश्वर शर्मा मजगैया, आमा सीतादेवी शर्मा, दाजुहरु द्वय दुर्गा प्रसाद मजगैयाँ, उपेन्द्र पोख्रेल र भाउजू जया पोख्रेलको सम्झनामा तुलसीपुर १८ बिजौरीमा रहेको शिवालय मन्दिरमा संस्कार मण्डप स्थापना गर्नुभएको हो ।
विनयकुमार पोख्रेल र पुष्पा पोख्रेलले पितृहरुको सम्झनामा मण्डप स्थापना गर्नुभएको हो । विनयकुमार पोख्रेलले शिवालय मन्दिरमा अन्य देवी देवताको मूर्ति स्थापना भएतापनि देवकार्य तथा पितृ कार्यमा अनिवार्य रहने संस्कार मण्डप त्यस स्थानमा नरहेकाले स्थापना गरिएको बताउनुभयो । पोखरेलले बुवा आमा संस्कृत शिक्षा,हिन्दु सनातन धर्ममा जीवन सर्मपण गरेकाले उहाँहरुको सम्झनामा मण्डप स्थापना गरिएको बताउनुभयो । ऐतिहासिक शिवालय मन्दिरमा तत्कालीन छिल्लीकोटे राजाले पूजा अर्चना गर्ने गर्दथे । दम्पत्तिले मन्दिर क्षेत्रमा संस्कार मण्डप निर्माण गर्नुभएको थियो । दम्पत्तिले पितृहरुको सम्झनामा उहाँहरुले यस अघि समेत विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ । करिब चार लाखको लागतमा निर्माण गरिएको संस्कार मण्डपमा देवकार्य तथा पितृकार्यका लागि अग्नि होम प्रयोजनमा रहने बताइएको छ ।।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय