पकर्रे सामुदायिक वनको अध्यक्षमा केसी

  कार्तिक ०५, २०७९


तुलसीपुर असोज ५
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको पकर्रे सामुदायिक वनको अध्यक्षमा मुरलीधर केसी सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । शनिबार पकर्रेमा सम्पन्न भएको साधारण सभाले केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । लामो समयसम्म खानेपानी,सामुदायिक वनका विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै आउनुभएका केसीले पकर्रे सामुदायिक वनको नेतृत्व सम्हाल्नु भएको हो ।
समितिको उपाध्यक्षमा रेशम बुढाथोकी,सचिवमा सीता बस्नेत,कोषाध्यक्षमा प्रेमबहादुर घर्ती रहनुभएको छ । सदस्यहरुमा गीता चौधरी,भूमीसरा विश्वकर्मा , टेकबहादुर खत्री लगायतका रहनुभएको छ । कार्यक्रम समूहका अध्यक्ष लोकबहादुर रोकाको अध्यक्षता एवम वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजौरी सव डिभिजन कार्यालयका वीरजंग वलीलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको छ । सामुदायिक वनले वन संरक्षण र सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्र्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय