सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरु

  कार्तिक ०७, २०७९

सर्पदेखि डर हैन खुसी हुन सिक्दै वन विज्ञानका विद्यार्थीहरु
गोकर्ण पौडेल
तुलसीपुर कात्तिक ७
मेट्रो कलेजमा वन विज्ञान विषय पढ्दै आएका विद्यार्थीहरुले सर्पको उद्घार सिक्न थालेका छन् । पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका रहेको सर्पहरुको संरक्षणका लागि वन विज्ञान विषय पढिरहेका विद्यार्थीहरुलाई कलेजले सर्पको उद्घार गर्ने सीप सिकाउन थालेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बिग्रदो पारिस्थितिक प्रणाली जोगाउनका लागि सर्पको उद्घार र संरक्षण अनिवार्य रहेको बताउनुभयो । उहाँले अन्य जीवजस्तै सर्पलाई पनि माया गरेर बचाउनुपर्ने र त्यो दायित्व अरुभन्दा बढी वन विज्ञान विषय पढ्ने विद्यार्थीहरुलाई भएको बताउनुभयो ।
कलेजका प्रमुख वसन्त आचार्यले प्रत्येक वर्ष सर्पदंशका कारण नागरिकको मृत्यु हुने र सर्पदेख्ना बित्तिकै मार्नुपर्छ भन्ने धारणालाई ,परिवर्तन ल्याउनका लागि सर्प संरक्षणमा सहयोग पु¥याउनका लागि विद्यार्थीहरुलाई उद्घार सिकाउन थालिएको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा विषय अध्ययन गर्दै आएका २० जना विद्यार्थीलाई सिकाउन सुरु गरिएको र विस्तारै ती विद्यार्थीहरुबाट गाउँ गाउँमा समेत सर्प संरक्षण उद्घार कार्य सिकाइने बताउनुभयो । उहाँले सर्प उद्घारका लागि आवश्यक सामग्री कलेजमा प्राविधिक विषय पढ्दै आएका विद्यार्थीहरुबाटै बनाउन लगाइने बताउनुभयो ।

वन विज्ञान विषय पढदै आएका भुवन बस्नेतले पहिले सर्पदेखि निकै डर लागेपनि उद्घार सम्बन्धी प्रशिक्षण लिएपछि ढुक्कसंग अब गाउँघरमा देखिने सर्पको उद्घार गरेर वनजंगलमा छोड्न सकिने बताउनुभयो ।
तीन हजार सर्पको पहिचान र उद्घार गरिसकेका वसन्त सुवेदीले एक सय प्रजातिका सर्पहरु लोपोन्मुख अवस्थामा रहेकाले ती सर्पहरुको संरक्षणका लागि समेत प्रत्येक गाउँगाउँसम्म उद्घार सम्बन्धी प्रशिक्षण अनिवार्य रहेको बताउनुभयो । उहाँले सर्प देख्दा डर हैन अन्य जीवजन्तुजस्तै माया लाग्ने अवस्था सबैमा सिर्जना गर्न सके सर्पको संरक्षण गर्न सकिने बताउनुभयो ।
बबई गाउँपालिका क्षेत्रमा सर्पको पहिचान र उद्घार गर्दै आएका त्रिचन्द्र कलेजमा प्राणी विषय पढिरहेका सन्दीप वलीले जिल्लामा २४ प्रजातिका सर्पमध्ये नेपाल सरकारबाटै संरक्षित जन्तुको अवस्थामा रहेको अजिंगरको गत वर्ष बबई गाउँपालिका वडा नम्बर ७बाट पहिचान पछि उद्घार गरिएको बताउनुभयो । उहाँले मात्रै एक वर्षको अवधिमा बबई गाउँपालिकाभित्र मात्रै दुई सय सर्पको उद्घार गर्नुभएको छ । उहाँले अहिले गाउँघरमा जुनसुकै सर्प देखेपनि उद्घारका लागि नागरिकले खबर गर्ने गरेको र यसबाट सर्पलाई मार्ने होइन बचाउनुपर्छ भन्ने सन्देश पुगेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय