कानूनका विद्यार्थी र प्रहरी कानुनी प्रावधान विषयमा छलफल

  पुष ०१, २०७९


तुलसीपुर पौष १
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा कानूनका विद्यार्थीहरुले प्रहरीसंग छलफल गरेका छन् । विएएलएलबी अध्ययनरत विद्यार्थीहरुले विभिन्न कानुनी प्रावधानका बारेमा प्रहरीसँग छलफल गरेका छन् । हरेक महिना केही सुनौ केही जानौ अभियान अन्तर्गत विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा डिएसपी मल्लले प्रहरी प्रशासन कानूनको पालना गराउने निकायका रुपमा रहेको बताउनुभयो । उहाँले अपराधीलाई कसरी कानुनको कठघरामा ल्याउन सकिन्छ भन्ने प्रक्रियाका बारेमा पनि छलफल गर्नुभएको थियो । ‘हाम्रा लागि सबैभन्दा ठूलो कुरा प्रमाण हो , प्रहरी जहिले पनि प्रमाण लुक्न नसकोस् भन्नका लागि चनाखो हुनु आवश्यक छ’ डिएसपी मल्लले भन्नुभयो । ‘अपराधिले सजाय पाओस् र निर्दोषले दु ः ख नपाओस् भन्नका लागि हामी सधै प्रयत्नशिल रहने उहाँले बताउनुभयो ।
विभिन्न कानुनी प्रावधानका बारेमा विद्यार्थीले राखेका जिज्ञासाका जवाफ दिदै प्रहरी प्रशासनले कानुनी अनुशासनको पूर्ण पालना गर्ने कुरामा जोड दिनुभयो । ‘हामीले कुनै पनि कुराको फैसला गर्नेभन्दा पनि अदालतको काममा सहजिकरण गरेर अदालतले दिएको आदेश पालना गराउने कुरामा जोड दिएका हुन्छौ’ उहाँले भन्नुभयो । सो अवसरमा प्रहरी निरिक्षक रेशम खत्रीले पनि विद्यार्थीहरुलाई कानुनी विषयका बारेमा जानकारी दिनुभएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले प्रहरीले सुधार्नुपर्ने विषयवस्तुका बारेमा सुझाव समेत दिएका थिए ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय