परिवार सुखी भए समाज सभ्य बन्छ नगरप्रमुख खड्का

  कार्तिक १३, २०७९

तुलसीपुर कात्तिक १३
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले परिवार सुखी र सन्तुष्ट भए सभ्य समाजको निर्माण हुने बताउनुभएको छ । अप्टिमिस क्लब तुलसीपुरले आयोजना गरेको परिवार खुसीका लागि महत्वपूर्ण समय विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समयमा परिवारमा एक आपसका समस्या नबताउँदा समस्याहरु सिर्जना हुँदै गएकाले परिवारमा एकआपसमा कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सकारात्मक सोचको विकासले मात्रै परिवारमा सुखी र सन्तुष्टि प्रदान गर्न सकिने नगरप्रमुख खड्काले बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले परिवारमा खुसी तुल्याउनका लागि समय व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा क्लबका सल्लाहकार सूर्य शर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा झरेन्द्र खरेल र डि आर भण्डारीले प्रशिक्षण दिनुभएको थियो । क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परिवारका श्रीमान,श्रीमती छोराछोरीहरुको उपस्थिति रहेको थियो । उपाध्यक्ष कमल सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शरण जिएमले आस्था पाठ गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय