सद्भावको पर्व ल्होसार ः नगरप्रमुख खड्का

  पुष १५, २०७९

      

तुलसीपुर पुस १५
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सद्भाव,एकता कायम गर्ने पर्वकारुपमा ल्होसार पर्व रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा तहु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद् इकाइ कमिटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले नेपाल बहुजातीय बहुभाषिक, बहुधार्मिक मुलुक भएकाले सबै संस्कृतिको सम्मान राज्यले गर्ने बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका प्रत्येक जात जाति,भाषभाषीहरुको संस्कृति उत्थानमा लाग्ने बताउनुभयो ।
इकाइ समितिले प्रत्येक वर्ष ल्होसारका अवसरमा तुलसीपुर ३ दमारगाउँमा विशेष कार्यक्रम गर्दै आएको छ । कोभिड संक्रमणका कारण केही वर्ष रोकिएको थियो । इकाई समितिका सभापति शुरवीर गुरुङको अध्यक्षता एवम नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख खड्काले पर्वलाई महोत्सवकैरुपमा आगामी दिनहरुमा रुपान्तरण गरेर यस क्षेत्रको कला संस्कृतिको जर्गेनाका साथै उत्पादित वस्तुहरुको बिक्री वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृतिको जर्गेना र वस्तुको बजारीकरणले अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।
कार्यक्रममा घाटुलगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा यस क्षेत्रमा रहेको गुम्बाको विकास,प्रचार प्रचारमा ध्यान दिनुभएका साथै ध्यान गर्ने ठाउँकारुपमा विकास गर्नका लागि वक्ताहरुले आग्रह गरेका थिए । कार्यक्रममा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय