विद्यालयमा योग र स्काउट अनिवार्य गरौ ः खड्का

  माघ १०, २०७९


तुलसीपुर माघ १०
तुुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले विदालय तहमा योग र स्काउटलाई अनिवार्य गरिने बताउनुभएको छ । सेन्टर माध्यमिक विद्यालयको ५२ औ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले पछिल्लो समयमा नैतिकता ,आचरणमा समस्या देखिएकाले नैतिकवान् बनाउन र समाजमा स्वयमसेवी बनाउनका लागि योग शिक्षा र स्काउट तालिम अनिवार्यरुपमा लागु गरिने बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले विद्यालयमा राजनीतिककर्मी,पेशाकर्मी र स्वयम विद्यालयमा अध्यापनरत शिक्षक कर्मचारीहरुका बालबालिका समेत पढ्दै आएकोमा प्रसंशा गर्दै आगामीदिनहरुमा शिक्षामा नयाँपन दिन आग्रह गर्नुभयो । उहाँले नैतिक शिक्षाको अभावमा लागुपदार्थ दुव्र्यशनीका कारण अभिभावकहरु समस्यामा परेको भन्दै तत्कालै त्यस्तो शिक्षा पाठ्यक्रममा लागु गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । नगरप्रमुख खड्काले सेन्टर माध्यमिक विद्यालयको अनुशरण गरेर अन्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको संरचनागत विकासमा समेत सहयोग गरिदने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिएकै कारण राष्ट्रियस्तरमा पुरस्कृत भएको बताउनुभयो । विद्यालयमा दुई हजार तीन सय विद्यार्थी अध्ययरत रहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । विद्यालयमा एक करोड ४७ लाख बचत रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । विद्यालयलाई मेघा विद्यालयकारुपमा अघि बढाउन थालिएको छ । कार्यक्रममा उत्कृष्ट शिक्षक,पूर्व विद्यालयका प्रधानाध्यापक,संस्थापक,विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय