उदाहरणीय बन्दै वडा कार्यालय
कार्यालयमै स्तनपान कक्ष

  माघ १०, २०८०

तुलसीपुर माघ १०
सेवाप्रदायक कार्यालयकारुपमा रहेको वडा कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेर उदाहरणीय कार्यको सुरुवात् भएको छ । पालिका लगायतका अस्पताल संघ,प्रदेश मातहतका कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेपनि सेवाग्राहीको भीडभाड रहने वडा कार्यालयमा भने विगतमा स्तनपान कक्षको थिएनन् ।

उपमहानगरपालिकाको कार्यालयमा स्तनपान कक्ष भएतापनि वडा कार्यालयमा भने स्तनपान कक्षको व्यवस्था गरिएको थिएन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३को भर्खरै उद्घाटन गरिएको कार्यालयमा भने स्तनपान कक्षाको व्यवस्था गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले स्तपान कक्षको व्यवस्थापनबाट बालबालिकाको हक अधिकारको सुरक्षित भएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३का वडाध्यक्ष मोहन पौडेलले वडा कार्यालयमा सेवा लिन आउने महिलाको संख्या उल्लेख्य मात्रामा बढी हुने र त्यसमा पनि आमाको संख्या बढी हुने भएकाले स्तनपान कक्षको व्यवस्था गरिएको छ ।
वडा कार्यालयका चार वटा मात्रै कोठा रहेका छन् । उहाँले वडा कार्यालयमा कोठाको संख्या कमी भएतापनि स्तनपान कक्षलाई प्राथमिकतामा राखिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका महिला विकास शाखाका प्रमुख माया श्रेष्ठले कार्यालयहरुमा स्तनपान कक्षमा अनिवार्यप रहेको बताउनुभयो । उहाँले प्रत्येक बालबालिकाहरुका लागि ६ महिनासम्म पूर्णस्तनपानको बाल अधिकारभित्रै सुनिश्चित गरिएको बताउनुभयो । उहाँले स्तनपान आमा र बालबालिकाको दुवैको स्वास्थ्यका दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय