लागुऔषध खैरो र सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

  जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ भगतसँग खैरो हिरोइन १०३ ग्राम र सेतो हिरोइन चार ग्राम बरामद गरेको छ । पक्राउ परेका भगतलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय