सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा मृत्यु

  जेठ २१, २०७९

भक्तपुर, जेठ २१ : मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उहाँले दिनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय