सिरु बौद्धिक समाजको अध्यक्षमा थापा

  जेठ २२, २०७९

भक्तपुर, जेठ २२ : सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारस्थित सिरु बौद्धिक समाजको १९औँ साधारणसभाले पूर्व सहसचिव एवं अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सभाले उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा नातिकाजी बस्नेत, सदस्यहरूमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर केसी र नवराज गिरीलाई चयन गरेको छ । समाजको विधानअनुसार वडाध्यक्ष सानुकाजी कायस्थलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । नवनिर्वाचित वडाध्यक्ष कायस्थले वडाको विकास कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष गीताप्रसाद पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, महालक्ष्मी नगरपालिका ललितपुरका शिक्षा विभाग प्रमुख चिरञ्जीवी पौडेल, स्थानीय सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव मधुकर थापा, समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीलगायतले सिरु बौद्धिक समाजले बौद्धिक क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

सो अवसरमा सूनपा–१ का नवनिर्वाचित वडाध्यक्ष कायस्थ, वडा सदस्य कुमारप्रसाद चौलागाईँ, सुवास न्यौपाने, महिला वडा सदस्य मञ्जु कार्की, दलित महिला वडा सदस्य कल्पना नेपाली सम्मान गरिएको थियो ।

समाजका निवर्तमान अध्यक्ष ध्रुवराज विष्टले सिरु बौद्धिक समाजले यहाँको विकासमा पुर्‍ययाएको योगदानको चर्चा गर्दै आगामी दिनमा तीन तहकै सरकारको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय