प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे

  जेठ २६, २०७९

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ ।

संघीय संसदको सचिवालयका अनुसार शुक्रबार परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयका  लागि विनियोजित बजेटमाथि छलफल हुनेछ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय