तुलसीपुरको नगरसभाबाट दलित शसक्तीकरण विधेयक पारित

  February 9, 2023

   

तुलसीपुर माघ २६
तुलसीपुर उपमहानगरपालिकाको हिउँदे अधिवेशनले दलित शसक्तीकरणसहित दुई वटा विधेयक पारित गरेको । पालिकालाई छुवाछुत मुक्त बनाउने,दलित सीप कलाको विकास पु¥याउनुका साथै पालिकामा संविधानमा उल्लेख बमोजिम प्रतिनिधित्व गराउनका लागि विधेयक पारित गरिएको हो । त्यस्तै सभाले अस्थायी करार कर्मचारीको सेवा विधेयक पारित गरिएको छ । सहकारी ऐनका केही दफा समेत संशोधन गरिएको छ । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा सभाको सुरु भएको हो ।
सभामा सभाध्यक्ष नगरप्रमुख टीकाराम खड्काले सभामा नगर सभा सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले मेटो कलेज पालिकाकै गौरवको कलेज भएकाले यसको विकास विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कलेजमा सातै प्रदेशका विद्यार्थीहरु पढ्ने थलोकारुपमा विकास भएको र त्यस क्षेत्रको अर्थोपार्जनमा समेत ठुलो योगदान दिएको बताउनुभयो । उहाँले ऐनमा उल्लेखबमोजिम नै करको दायरा र शुल्क निर्धारण गरिएको बताउनुभयो । विधेयक र समसामयिक विषयमा नगरसभा सदस्यहरुले उठाएका जिज्ञाषामाथि सम्बन्धित विषयगत समितिका संयोजकहरुले जवाफ दिनुभएको थियो ।
सभामा आर्थिक विकास समितिका संयोजक माधव वलीले पालिकाको आर्थिक ऐनमा व्यवस्थापन गरिएको सम्पत्ति मूल्यांकनबापत लिन पाउने शुल्कलाई कार्यान्वयन गर्दा समस्या सिर्जना नरहने बताउनुभयो । सभामा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले सुत्केरी भत्ता ३५ दिनभित्रै व्यवस्थापनका बजेट आन्तरिक शीर्षकमा नभई समानीकरणतर्फ राखिने बताउनुभयो । उहाँले जनशक्तिको परिचालन,अनुगमनमा पालिका,वडा सरकार सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । वन वातावरण विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले वडाकै सिफारिसमा नगरप्रमुखकै तोकादेशमा तारजालीको व्यवस्थापन गरिएको र सम्बन्धित क्षेत्रमा प्रयोग भए नभएको बारेमा अनुगमन गरिएको जानकारी गराउनुभएको थियो । सहकारी समितिका संयोजक खुसीराम चौधरीले सहकारीको नवीकरण र अनुगमन गर्नका लागि संघीय ऐनसंग बाझिएको अवस्थामा छलफलपश्चात् निगरानी र अनुगमन गर्न सकिने बताउनुभयो ।

सभामा नगरसभा सदस्य धनबहादुर बस्नेतले बाल विकासमा विद्यार्थीसख्या अनुसार जनशक्ति व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै सभा सदस्य शेषमणि भण्डारीले बजारीकरण,सडक,जग्गाको मापदण्डबमोजिम करको शुुल्क निर्धारण गर्नका लागि आग्रह गर्नुभएको थियो । उहाँले सहकारीको कार्यक्षेत्र,मापदण्ड निर्धारण गर्नकालागि आग्रह गर्नुभयो । नगर सभा सदस्य शसीधर पौडेलले किसानलाई रासायनीक मल र पुरस्कार प्रोत्साहनका कार्यक्रम ल्याउनका लागि आग्रह गर्नुभयो । सहकारी समितिका संयोजक खुसीराम चौधरीले संशोधन निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । नगर सभाको समापन गरिएको छ ।

Comments