लिलावतीको तेह्रौ दिनमा श्रद्घाञ्जली सभा सम्पन्न

  मंसिर १२, २०७९


तुलसीपुर मङ्सीर १२
नेकपा एमाले जिल्ला कमिटी दाङको आयोजनामा श्रद्घाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य वीरवल खड्काकी ममतामयी आमा लिलावती खड्काको १३ औँ दिनको पुण्यतिथिमा श्रद्घाञ्जली सभा सम्पन्न भएको हो ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा शोक सभा सम्पन्न भएको हो । शोक सभामा केन्द्रीय सदस्य कोमव वलीले पारिवारिक मिलनमा मातृशक्तिको विशेष भूमिका रहने बताउनुभयो । उहाँले लिलावती खड्काको निधनले पार्टीमा अतुलनीय क्षति पुगेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वलीले विगतमा उहाँले पार्टी सेल्टरदाताकारुपमा रहेको गरेको कार्यले अहिले पार्टीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, सचिवालय सदस्यहरु यामिन्द्र वली, रामजी चौधरीलगायत पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । लिलावती खड्काको कात्तिक ३० गते उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६९ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा लिलावती खड्काका कनिष्ठ पुत्र वीरवल खड्काले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय