मंसिर १०, २०७९

      
       श्रद्घाञ्जली सभा सम्पन्न 
         

तुलसीपुर मंसिर १०
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ वडा कमिटिको आयोजनामा श्रद्घाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका सदस्य गणेशबहादुर खत्रीको निधनमा शोक सभा सम्पन्न गरिएको हो ।
वडा कमिटिका कार्यवाहक अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले गणेशबहादुर खत्रीले सामाजिक जीवनमा अनुकरणीय कार्य गरेको बताउनुभयो । उहाँले खत्रीको जीवनबाट समाजमा सर्मपित भएर लाग्नुपर्ने शिक्षा प्राप्त भएको बताउनुभयो । नगरप्रमुख समेत रहेका खड्काले समाजमा खत्रीजस्ता व्यक्तिबाट निस्वार्थ भावनाले योगदान दिन सकिने प्रेरणा प्राप्त भएको बताउनुभयो ।
खत्रीको कात्तिक २९ गते ७९ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटि सदस्य अमर खड्काले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय