बाढीले बाँध कटान गर्दा जोखिम

  असार १५, २०७९

सप्तरी, असार १५ : अविरल वर्षाका कारण जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी–५ को बर्साइनको बर्साइन टोलमा जिता खोलाले करिब पाँच मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यसैगरी वडा नम्बर ७ मा गत वर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर १ तिलाठीमा समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको छ । वडा नम्बर १ र ७ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य आजबाट सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।

बाँध भत्किएको ठाउँमा आज गाउँपालिका अध्यक्ष मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इञ्जिनियर भाष्करप्रसाद सिंह तथा विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झासहितको टोलीले निरीक्षण गरेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय