गीति एल्बम ‘देश’ को लोकार्पण

  असार १५, २०७९

काठमाडौँ, असार १५ : जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा भण्डार कला साहित्य प्रतिष्ठानले विभिन्न राष्ट्रिय कलाकारको रचना, सङ्गीत र गायनमा सङ्कलित गीति एल्बम ‘देश’ को आज लोकार्पण गरेको छ ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाल प्रज्ञा–प्रतिष्ठाका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ र ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यसहितको सहभागितामा उक्त एल्बमको आज लोकापर्ण गर्नुभएको हो । उपमहासचिव ज्ञवालीले कला र संस्कृतिका माध्यमबाट समाजमा जागरण सिर्जना गर्न देशको समृद्धिको लक्ष्यमा सघाउन एल्बमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सो एल्बममा गीतकार यादव खरेल, डा कृष्णहरि बराल, दिनेशहरि अधिकारी, रमण घिमिरे, उन्नती बोहरा ‘शीला’, गणेश रसिक, मञ्जुल, श्याम तमोट र डा विजय सुब्बाद्वारा लिखित समावेश गरिएका छन् । सङ्गीततर्र्फ दीपक जङ्गम, अशोक राई, शिलाबहादुर मोक्तान, टीका भण्डारी, पारस मुकारुङ, एनबी जनकपुरी, सुरेन्द्र श्रेष्ठ र राजु सिंह तथा गायनतर्फ भीषण मुकारुङ, सुरेन्द्र श्रेष्ठ, साजन राई, सञ्जय तुम्रुक, श्रेयासी चेम्जोङ, रुपक डोटेल, दीपा सुहाङ, अजर जङ्गम, शोभा पाण्डे, निर्मला तामाङ, निभा डङ्गोल, बागिना किराँती राई, रेवत राईले एल्बममा साथ दिनुभएको छ । सोही कार्यक्रममा ‘शार्दूल’ पत्रिकाको अङ्क–५ शैलुङ सांस्कृतिक तथा साहित्यिक विशेषाङ्कको पनि विमोचन गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय