बर्दियामा गोली लागी एकको मृत्यु

  असार १७, २०७९

बर्दिया, असार १७ : बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिनुभयो । गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताउनुभयो । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय