कमललाई रजत

  असार १७, २०७९

काठमाडौँ, असार १७ : नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन रहे । प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले क्योरोगीमा ७ र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाए ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय