पैसाले नभई विकास गरेर धनी हुने हो : ओली

  असार १८, २०७९

काठमाडौँ, असार १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ ।

किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उहाँले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री किसान नेताले उत्पादनको लक्ष्य राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले किसान नेताले किसानको जीवनमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

किसान नेताहरूले भाषणमा सुनेर मात्र नभएर काम गर्नुपर्ने धारणा उहाँको थियो । “देखि ने प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “मेलै बिरुवा बढाए नि भन्दा देखिनु प¥यो ।”

सङ्गठनमा आबद्ध भएकालाई राजनीतिकरण गर्नुपर्ने उहाँको भनाइ रहेको थियो । “राजनीतिकरण भनेको राजनीतिक जागरण ल्याउने हो । ६० प्रतिशत किसानलाई खेती उत्पादनप्रति जागरण ल्याउनुपर्दछ,” उहाँले भन्नुभयो ।

रोजगारीको अभाव र कमीले देशबाहिर गएका भन्दै उहाँले मानिसलाई रोजगारी मात्र नदिएर उद्यमशीलता बनाउनुपर्ने उहाँको भनाइ रहेको थियो । “रोजगारीका समस्या समाधान गर्ने हो भने रोजागरीका अवसर सिर्जना गरेर नभई रोजगारीका अवसर व्यक्तिले सिर्जना गर्नुपर्दछ । व्यक्ति आफूमा व्यावसायिकको विकास गर्नसक्नुपर्दछ,” उहाँले भन्नुभयो, “व्यक्तिलाई व्यावसायिक हुनका लागि सहयोग गर्नुपर्दछ ।” उहाँले राष्ट्रका अरू विविध क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने मात्र नभई व्यावसायिकताको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोजागरीको मात्र सिर्जना गरेर बेरोजगारी हटाउने समस्या र गरिबी निवारण गर्न नसक्ने भन्दै व्यावसायिक सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक मान्छे व्यवसायी हुन सक्नुपर्ने र व्यावसायिकताको सिर्जना गर्न सक्ने हुनुपर्ने बताउनुभयो ।

“सरकारले जागिर दिन्छु भनेर खाने मान्छे नपाइने होस् । ५०–६० हजारको जागिर के खाने ? बरु म महिनाको चार–पाँच लाख रुपियाँ तरकारी खेतीबाट निकाल्छु । तिम्रो ५०–६० हजारको जागिर खान को आउने भनून् न पढेलेखेको मान्छेहरूले । त्यो हामी व्यावसायिकताको विकास सुरु गरेर गर्न सक्छौँ,” उहाँले भन्नुभयो ।

पैसा भएर विकास हुने नभई विकास गरेर धनी भइने उहाँको भनाइ थियो । कुनै पनि देश धनी भएर विकास नगरेको भन्दै विकास गरेर मात्र धनी भएको बताउनुभयो । “हामीले देख्दादेख्दै चीन गरिबी थियो । अहिले चीन धनी छ । त्यो विकास गरेर भएको हो,” उहाँले भन्नुभयो, “हामीले विकास गर्नुपर्दछ धनी हुन्छौँ । धनी हुन बाटो विकास हो ।”

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय