दुर्घटनामा मृत्यु

  असार १८, २०७९

काठमाडौँ, असार १८ : ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यता काठमाडौँ महानगरपालिका–१० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका–६ घर भएका २४ वर्षीय आशिष तामाङ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय