मकवानपुरमा दुर्घटनामा परी मृत्यु

  असार १९, २०७९

मकवानपुर, असार १९ ; मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँ का अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय