पहिलो पटक गाउँमा बिजुली, स्थानीय बासिन्दा खुसी

  असार २२, २०७९

पाल्पा, असार २२ : जिल्लाको पूर्वी भेगस्थित निस्दी–६, अर्चलेमा पहिलो पटक बिजुलीबत्ती बलेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा पहिलो पटक बिजुलीबत्ती बलेको हो ।

अन्य गाउँमा बिजुली बत्ती बले पनि यहाँ भने बत्ती नहुँदा स्थानीय बासिन्दा वरपरको बिजुलीबत्ती हेरेर चित्त बुझाउन बाध्य थिए । विद्युतीकरणको योजना पूरा भएपछि रनगुवाको ३७ घरपरिवारले पहिलो पटक बिजुलीबत्ती बाल्न पाएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो ।

बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सहज भएको छ । यसअघि यहाँका बासिन्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो अब टुकी बाल्न पर्दैन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर बयम्बुले भन्नुभयो । गाउँमै बिजुली आएपछि मोबाइल चार्ज, बत्ती चार्ज गर्न अरुको गाउँमा जानु नपर्ने स्थानीय शिक्षक हेमबहादुर बयम्बुले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय