गागलफेदी शहीद उद्यानमा रोपियो ५०० बिरुवा

  असार २२, २०७९

काठमाडौँ, असार २२ : कागेश्वरी–मनोहरा नगरपालिका–गागलफेदीस्थित शहीद उद्यानमा करिब ५०० वृक्षरोपण गरिएको छ । विलभ यू फाउण्डेशनले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा पारिजात, बेल, तेजपात, कल्की, धूपीलगायत प्रजातिका ५०० बिरुवा रोपिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राईले वृक्षरोपणले मानिसलाई प्रकृतिमैत्री बनाउने भएकाले यसखाले गतिविधिको उपादेयता अन्य कार्यक्रमभन्दा अत्यधिक रहने बताउनुभयो । सांसद राईले वृक्षरोपणलागायत प्रकृति र मानव हितका बहुआयामिक गतिविधिद्वारा प्रदूषण कम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

फाउण्डेशनले विद्यालयमा सफा पिउने पानी र पुस्तकालयको व्यवस्था, मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी राष्ट्रव्यापी रूपमा सडक, उद्यान तथा नदी सरसफाइ कार्य सञ्चालन गर्दै आएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय